Comments Add Comment

नेपाल एयरलाइन्स सेना लिएर जाने भयो अफ्रिका

१८ असार, काठमाडौं । नेपाल एयरलाइन्सले अफ्रिकाका दुई मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ ।

संयुक्त राष्ट्र संघको आहृवानमा सेन्ट्रल अफ्रिकन रिपब्लक र मालीमा खटिने नेपाली सेनाका जवानलाई लिएर जहाज ती मुलुक जाने भएको छ ।

त्यहाँबाट फर्कने क्रममा भने ती स्थानमा आफ्नो अवधि पुरा गरेका सैनिकलाई नेपाल ल्याउने भएको छ । यी दुई मुलुकमा हुने उडानका सम्बन्धमा नेपाली सेना र नेपाल एयरलाइन्सबीच बिहीबार सम्झौता भएको छ ।

सम्झौताअनुसार दुबै उडान ८ जुलाईमा हुने भएको छ । नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौंबाट सैनिक लिएर दोहा पुग्नेछ ।

त्यहाँ इन्धन थप गरी जहाज सेन्ट्रल अफ्रिकन रिपब्लक पुगेर सैनिक झार्नेछ। त्यसपछि बाँकी सैनिक लिएर जहाज माली पुग्नेछ ।

मालीमा सैनिक झारेपछि सिधै काठमाडौं आउनेछ । ती मुलुकबाट नेपाल र्फकन सैनिकको संख्या भने ५/६ जना मात्र हुने बताइएको छ । यो उडानलाई कम्पनीले चूनौति र अवसर दुबै रुपमा लिएको नेपाल एयरलाइन्सको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment