Comments Add Comment

इँटाभट्टामा मान्छे जलाएको घटनामा थप एक जना पक्राउ

१८ असार, जनकपुरधाम । रौतहटमा इँटा उद्योगमा जिउँदै मान्छे जलाएको १३ वर्षअघिको घटनामा संलग्नको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

राजपुर नगरपालिका– ६ का ३४ बर्षीय शेष सरोज भनिने शेष सराजलाई बिहीबार बाराको सिम्रौनगढ नगरपालिकाको नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

पक्राउ परेका सराजले कांग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका २/३ जना र घाइते भएका १६ जना जतिलाई बोरामा राखी ट्याक्टरमा लिएर इँटा उद्योगको चिम्नीमा लगी जलाएको बयान दिएको सिंहले बताए ।

सराजलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा पेश गरिएको छ ।

उक्त घटनाको मुख्य योजनाकार मानिएका कांग्रेस नेता आलम अदालतको आदेशमा हाल पुर्पक्षका लागि थुनामा छन् ।

प्रहरीका अनुसार २०६४ चैत २८ गते हुने संविधानसभाको चुनावलाई लक्षित गरी आफताव आलमले आफ्ना काका शेख इन्द्रिसको घरमा चैत २७ गते बम बनाउन लगाएका थिए । त्यस क्रममा क्रममा बिस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसमेत १५/१६ जना घाइते र २/३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । मृत्यु भएका र घाइते सबैलाई नजिकैको इँटाभट्टामा हालेर जलाएको प्रहरीको भनाइ छ ।

उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले २४ जेठमा बाराको सिम्रौनगढ नगरपालिका ४ का ५५ बर्षीय मुक्ति शाहलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment