Comments Add Comment

प्रचण्डले भने– पहिलो अध्यक्षले नै पार्टी फुटाउनुभयो भने के लाग्छ र !

१८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट र ऐतिहासिक एकताको मझधारमा रहेको बताएका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टाछुट्टै भेटेर फर्किएछि प्रचण्डले स्थायी कमिटी बैठकलाई सम्बोधन गरेका थिए । उनले पार्टीको जीवनमा यो बैठक ऐतिहासिक हुने बताएका छन् ।

संसद अधिवेशन अन्त्य नगर्न आफूहरुले गरेको आग्रहलाई अस्वीकार गरेको र (राजनीतिक दल विभाजनका लागि सहज बनाउने) अध्यादेश ल्याउने कुरा पनि आइरहेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीकै निवासमा बैठक बसिरहेको छ । बैठकमा आउन मैले पटक–पटक आग्रह गरेको छु, तर उहाँ आउन मान्नुभएको छैन ।’

यद्यपि पार्टी एकतालाई जोगाउन आफूहरूले अहिले पनि प्रयास गरिरहेको प्रचण्डले बताएका छन् । ‘हाम्रो प्रयास सफल भयो भने पार्टीमा ऐतिहासिक एकता कायम हुन्छ,’ स्थायी कमिटी बैठकमा उनले भने, ‘त्यो प्रयास सफल भएन । पहिलो अध्यक्षले नै अध्यादेश ल्याएर पार्टी फुटाउनुभयो भने कसको के लाग्छ र ?’

एकता जोगाउन अध्यक्ष ओलीसहितका नेताहरूसँग सम्वाद गर्न समय चाहिएको उनले बताए । त्यसअनुसार नै स्थायी कमिटी बैठक पर्सि ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

अध्यक्ष प्रचण्डले पार्टी एकता जोगाउन भोलि दिनभर प्रयास गर्छु भन्दै समय मागेको र त्यसअनुसार बैठक पर्सि ११ बजेसम्म बैठक स्थगित गरिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

यो पनि पढ्नुहोस नेकपा फुटको संघारमा पुगेकै हो त ? यो पनि पढ्नुहोस जब प्रधानमन्त्री ओलीले प्रचण्डलाई झुक्याए… यो पनि पढ्नुहोस दोबाटोमा प्रधानमन्त्री : राजीनामा दिने कि अडिने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment