Comments Add Comment

कोहलीको सट्टा जाभेद, युनिस, इन्जमानसँग तुलना गर्नुस् : बाबर अजाम

१९ असार, काठमाडौं । पाकिस्तानको ओडिआई र टी २० टिमका कप्तान बाबर अजामले आफूलाई भारतीय कप्तान विराट कोही भन्दा पाकिस्तानकै खेलाडीहरुसँग तुलना गर्न भनेका छन् ।

बाबरले कोहलीसँगभन्दा पाकिस्तानकै ग्रेट खेलाडी जाभेद मियानदाद युनिस खान र इन्जमान उल हकसँग तुलना गर्दा राम्रो हुने बताएका हुन् । ‘यदी मलाई कोहीसँग तुलना गर्न चाहनुहुन्छ भने म विराट कोहली भन्दा पाकिस्ती खेलाडीसँग तुलना गरेको चाहन्छु । हामीसँग लेजेण्डहरु जाभेद मियानदा यनिस खान इन्जमान छन् । यदी मलाई यी लेजेण्डसंग लना गर्नुभयो भने म मेरो उपलब्धिमा गर्व गर्न सक्छु ।’ बाबरले टेलेकन्फ्रेन्समा रिपोर्टरसँग भनेका छन् ।

सिमित ओभरको क्रिकेटको कप्तान चयन भएपछि बाबरले भारतीय कप्तान विराट जस्तै अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो गर्ने चाना व्यक्त गरेपछि उनको तुलना विराटसँग हुन थालेको हो ।

बाबर अहिले टी२० मा नम्बर १ वरीयतामा रहेका ब्याट्सम्यान हुने भने कोहली ओडिआई नम्बर १ मा छन् ।

२५ वर्षीय बाबरले ओडिआई र टी२०मा ५० भन्दा माथीको एभरेजमा रन बनाएका छन् भने टेष्टमा ४५ भन्दा केही माथी छ । अर्कोतर्फ कोहलीले तीनवटै फर्म्याटमा ५० भन्दा माथीको एभरेजमा रन बनाएका छन् । र उनी त्यस्तो गर्ने वर्तमान समयमा एक्ला खेलाडी हुन् ।

पछिल्लो ६-७ वर्ष कोहलीले आफ्नो रन स्कोरिङ क्षमतालाई एकरुपमा दिएका छन् । जसले गर्दा कोहलीलाई भारतीय मास्टर ब्लास्टर सचिन तेन्दुलकरसंगको ओडिआईको नम्बर बराबरी गर्न सक्ने खेलाडीको रुपमा हेरिएको छ । कोहलीले ओडिआईमा ४३ र टेष्टमा २७ गरी कूल ७० शतक बनाइसकेका छन् ।

बाबर अजामले सिमित ओभरमा राम्रो सुरुवात गर्न नसकेपनि पनि पछिल्लो १२ महिना टेष्ट क्रिकेटमा भने राम्रो प्रदर्शन गर्न थालेका छन् ।

उनी अहिले इंग्ल्याण्ड विरुद्धको टेष्ट सिरिजमा लागि २० सदस्यीय पाकिस्तानी टोलीसंग इंग्ल्याण्डमा छन् । जहाँ उनले जेम्स एन्डरसन स्टुअर्ट बोर्ड जोफ्रा आर्चर लगायत खेलाडीको सामना गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment