Comments Add Comment

घरपालुवा जनावरबाट कोरोना सर्ने जोखिम निकै कम : डब्ल्यूएचओ

१९ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पाल्तु जनावरबाट मानिसमा कोरोना भाइरस (कोभिड-१९) सर्ने जोखिम निकै कम भएको बताएको छ ।

डब्ल्यूएचओका प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले बिहीबार जेनेभामा बोल्दै यस्तो बताएका हुन् । यसअघि नै कोरोना भाइरसबाट बाघ, बिरालोजस्ता जनावरहरु संक्रमित भएको पाइएको छ । यससँगै घरपालुवा जनावरहरुबाट मानिसमा यो रोग सर्न सक्ने आशंका बढेको थियो ।

सन् २०१९ को अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको विषयमा अझै धेरै कुरा पत्ता लाग्न सकेको छैन । त्यसैले पनि यसको नियन्त्रणमा कठिनाइ भइरहेको डब्ल्यूएचओले बताएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड आठ लाख ७४ हजार नाघिसकेको छ भने भाइरसबाट मृत्यु हुनेको संख्या पनि पाँच लाख २१ हजार ३५५ पुगेको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment