Comments Add Comment

पर्यटन र हवाई उद्योगले लकडाउन यता गुमायो ३४ अर्ब

१९ असार, काठमाडौं । सरकारले पर्यटन, होटेल तथा हवाई उद्योगले लकडाउनयता करिब ३४ अर्ब रुपैयाँ बराबरको क्षति बेहोरेको अनुमान गरेको छ ।

प्रतिमहिना यो क्षेत्रले १० अर्ब रुपैयाँ नोक्सानी बेहोर्ने अनुमान गरेको सरकारले लकडाउन यता ३४ अर्ब नोक्सानी भइसकेको अनुमान गरिएको हो ।

यही अवस्था आगामी साउन ७ गतेसम्म जारी रहँदा नोक्सानी थप ७ अर्ब थपिने छ । यो तथ्यांक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको हो ।

मन्त्रालयले शुक्रबार लकडाउनयता मन्त्रालयको तर्फबाट भएको कामको विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो ।

मन्त्रालयका प्रवक्ता रुद्रसिङ तामाङका अनुसार पर्यटनमा भएको क्षतिको विवरण राष्ट्रिय योजना आयोगमा पठाइएको छ । मन्त्रालयका अनुसार लकडाउनयता मार्च २४ देखि ३० जुन सम्म २१४ उडानबाट १६६७२ जना नेपालीलाई उद्धार गरि नेपाल ल्याइएको छ ।

यसअवधिमा नेपालबाट १२४०८ व्यक्ति विदेश गएका छन् । यो अवधिमा कुल २६१ उडान भएकोमा नेपाल एयरलाइन्सबाट मात्र ९८ उडान र हिमालय एयरलाइन्सबाट ६२ उडान भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment