+

एट्लेटिको मड्रिडको जितमा मोराटाको दुई गोल

२०७७ असार  २० गते ९:१० २०७७ असार २० गते ९:१०
एट्लेटिको मड्रिडको जितमा मोराटाको दुई गोल

२० असार, काठमाडौं । अल्भारो मोराटाको दुई गोल मद्दतमा एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा मालोर्का विरुद्ध सहज जित हात पारेको छ । गएराति भएको लिगाको एक मात्र खेलमा एट्लेटिकोले मालोर्कालाई ३-० ले पराजित गरेको हो । एट्लेटिकोका लागि अर्को गोल कोकेले गरे ।

घरेलु मैदानमा मोराटाले २९औं मिनेटमा पेनाल्टीमार्फ पहिलो गोल गरेका थिए । मोराटाले नै पहिलो हाफको इन्जुरी टाइमामा व्यक्तिगत दोस्रो गोल गर्दा एट्लेटिकोले अग्रता दोब्बर बनायो । ७९औं मिनेटमा कोकेले गोल गरेपछि एट्लेटिकोले ३-० को सहज जित हात पारेको हो ।

जितपछि ३३ खेलबाट ६४ अंक जोड्दै एट्लेटिको तेस्रो स्थानमा छ । ३२ खेलबाट ७४ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ भने ७० अंकसहित बार्सिलोना दोस्रो स्थानमा छ ।

एट्लेटिको मड्रिड स्पानिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय