Comments Add Comment

गोकर्ण विष्ट राहत लिएर आए, घाइते लिएर गए

हेलिकोप्टमा घाइतेहरुसँग पूर्वमन्त्री गोकर्ण विष्ट (वायाँ)

२० असार, गुल्मी । शुक्रबार गुल्मीमा पहिरोमा परेर घाइते भएका ५ जनालाई उपचार गर्न काठमाडौं लगिएको छ । नेपाली सेनाको हेलिकोप्टमार्फत् घाइतेहरुलाई काठमाडौं लगिएको हो ।

पूर्वमन्त्री तथा संसद गोकर्ण विष्ट पहिरो प्रभावित क्षेत्रमा राहत सामाग्री लिएर आएका थिए । प्रभावित क्षेत्रको अवलोकन गरेपछि हेलिकोप्टरमा २ परिवारका ५ जना घाइतेहरुलाई लिएर उनी काठमाडौं फर्किए । चार जनाको सैनिक अस्पतालमा र एक जनाको टिचिङ्ग अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा खत्री परिवारका ५ वर्षका आयुष खत्री, २९ वर्षकी इश्वरा खत्री, ६४ वर्षका टिका खत्री, ९० वर्षकी पुतली खत्री, सारु परिवारका २१ वर्षकी सृजना सारु, २५ वर्षका बसन्त सारु रहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगै गुल्मीको इस्मा गाउँपालिकाको वडा नम्बर–१ को मल्दीमा गएको पहिरोमा परेर १८ महिनाका सिजन सारु र ७ वर्षकी अपेक्षा खत्रीको मृत्यु भएको थियो । पहिरोले २० भन्दा बढी घर क्षती पुर्याएको छ । ११६ घर जोखिममा छन् । मुसिकोट नगरपालिका वडा नम्बर–२ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment