Comments Add Comment

भयानक उल्कापिण्ड खसेको यो ठाउँ, जहाँ ८ करोड रुख खरानी भए

पृथ्वीमा उल्कावर्षा हुने गरेका घटनाहरु त हामीले बारम्बार देख्दछौँ । तर, रुसको साइबेरिया टुंगुस्का भन्ने ठाउँमा आजभन्दा १ सय १२ वर्षअघि भयानक उल्कापिण्ड खसेको थियो ।

आगोको ज्वाला सहितको उल्कापिण्ड जंगलमा खस्दा २ हजार वर्गकिलोमिटर जंगल ध्वस्त भयो । जमिनमा ठूलो खाडल बन्यो झण्डै ८ करोड बोटविरुवा तथा अन्य जिवजन्तुहरु खरानी बनेका थिए ।

रुसमा प्रचलित जुलियन क्यालेन्डर अनुसार ३० जुन १९०८ को बिहान सबा ७ बजेतिर मानिसहरुले आकासमा चारैतर्फ घुमिरहेको एउटा चम्किलो प्रकाश देखे । त्यो प्रकाश नजिकै जमिनको नजिकै आएसँगै एउटा आगोको गोला जस्तो देखियो । त्यो आगोको गोला पूर्वबाट उत्तरतर्फ गयो । त्यो गोला जमिनमा ठोक्किँदाको गति तथा आवाज यति भयानक थियो कि धर्तीमा भुकम्प नै आएको थियो थियो । उक्त भुकम्प ५ रेक्टर स्केलको मापन गरियो ।

उक्त कम्पनको असर जर्मनी, डेनमार्क, क्रोएसिया देखि बेलायतसम्म पुगेको थियो ।

आगोको पिण्ड समान उल्कापिण्ड जमिनमा खसेर भयानक ढंगले विस्फोट भएसँगै जमिनमा ठूलो खाडल बन्यो भने आसपासको ठूलो क्षेत्र ध्वस्त भयो ।

विस्फोटका क्रममा धुवाँ तथा धुलोको यतिठूलो मुस्लो निस्कियो कि त्यसलो एसिया र युरोपभरको आकास ढाकेको थियो । त्यस क्षेत्रमा त कैयन् दिनसम्म घाम छेकिएको थियो ।

उल्कापिण्ड खसेको उक्त ठाउँ यति जर्जर बनेको छ कि आजसम्म पनि त्यहाँ कुनै रुखविरुवा पलाएको छैन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment