Comments Add Comment

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

२१ असार, काठमाडौं । मेक्सिकोमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ ।

मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म मुलुकमा ३० हजार ३६६ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोना भाइरसबाट ५२३ जनाको मृत्यु भएको हो ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि दुई लाख ५२ हजार १६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरसबाट ६ हजार १४ जना नयाँ संक्रमित फेला परेका हुन् ।

मेक्सिको सरकारले यसअघि नै मुलुकमा वास्तविक संक्रमितको संख्या पुष्टि भएका संक्रमितभन्दा धेरै बढी हुन सक्ने बताएको थियो । यसअघि जुन १९ मा सार्वजनिक भएको एक प्रतिवेदनले मेक्सिकोमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सरकारी तथ्यांकभन्दा दोब्बर रहेको देखाएको थियो ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment