 
																			२१ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पार्टी फुट्न नदिने उपाय खोज्न निर्णायक भनिएको वार्ता शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट निस्किएका प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षको तर्फबाट दुई–दुईजना सहयोगी नेताहरु समेत वार्तामा छन् । ओलीको तर्फबाट ईश्वर पोखरेल, विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी भएका छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् ।
यसअघि शुक्रवार दुई अध्यक्षबीचको वार्तामा विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए । तीन घण्टासम्म चलेको सो छलफलले निष्कर्ष निकालेको थिएन । नेकपा स्थायी कमिटी बैठक सोमबार बस्दैछ । त्यसअघि नै सहमति जुटाउन उनीहरुमाथि दबाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4