+
+
Shares

अजयले गलवान घटनाको विषयमा फिल्म बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते १४:०५

जुन १५ मा भारत र चीनका सैनिकहरूबीचको झडपमा २० जना भारतीय सैनिकको निधन भएको घटनालाई नायक अजय देवगणले फिल्ममा उतार्ने बताएका छन्। गलवान नामक क्षेत्रमा भएको यो घटनाको विषयमा अब अजय देवगणले चलचित्र बनाउने भएका छन् ।

अजयले २० सैनिकले देशका लागि कसरी लडे र उनीहरू शहीद भए भन्ने विषयमा चलचित्र बनाउन लागेका हुन् । भारतीय सैनिकहरूको सम्मानमा उनले यो चलचित्र बनाउन लागेका हुन् ।

अजय अभिनित राष्ट्रियताको कथा बोकेको चलचित्र ‘भुज’ डिजिटल रिलिजको तयारीमा छ । अजयले काम गरेको चलचित्रमा उनले भारतीय प्रहरी, राष्ट्रियता र सैनिकको विषयलाई उठान गर्दै आएका छन् ।

सन् १९७५ पछि भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो । यो चलचित्रलाई अजय देवगण फिल्मस् र सेलेक्ट मिडिया होल्डिङ्स एलएलपीले मिलेर बनाउन लागेका हुन् । चलचित्रले चिनियाँ जनमुक्ति सेनासँग लडाइँ लडेका २० सैनिकको योगदानको कथा भन्नेछ ।

चलचित्रका लागि कलाकारहरू फाइनल गर्ने क्रममा अजय छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?