Comments Add Comment

पार्टी फुट्न नदिन ३५ देशका प्रवासी नेताद्वारा ओली र प्रचण्डको ध्यानाकर्षण

२१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवासी नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्डलाई पार्टी एकतालाई बचाइराख्न आग्रह गरेको छ ।

प्रवासी संगठन प्रवासी एकता मञ्चका ३५ देशका अध्यक्ष र सचिवहरुले प्रवास समन्वय कमिटीमार्फत संयुक्तरुपमा ध्यानकर्षण पत्र पठाउँदै पार्टीलाई फुटबाट बचाउन आग्रह गरेका हुन् ।

नेकपाको शीर्ष नेतृत्वबीच देखिएको विवादको अवस्थाप्रति विश्वभरका प्रवासी नेपाली एकता मञ्चहरुको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रवासी नेताहरुले हाल उत्पन्न परिस्थितिलाई सुल्झाउनुको विकल्प नभएको बताएका छन् ।

ध्यानाकर्ण पत्रमा पार्टीलाई विधि, विधान, पद्धती र प्रकृयाबाट अघि बढाउन आवश्यक रहेको भन्दै
पार्टी जीवनमा फेरि यस्ता अन्योल र संकटको अवस्था आउन नदिन एकता महाधिवेशनको तयारीमा गर्न सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment