Comments Add Comment

केरलाको राजधानीमा लकडाउन पुनः एक साता लम्ब्याउने निर्णय

२२ असार, काठमाडौं । भारतको केरला राज्य अन्य राज्यको तुलनामा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा अगाडि देखिएको छ । यद्यपि यहाँको सरकारले जुलाई महिनासम्मको लागि महामारी कानुन लम्ब्याउने निर्णय गरेको छ । यति छिटै कोरोना भाइरसको महामारी नसकिने आशंकासँगै केरलाको प्रशासनले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि केरलाको सरकारले राजधानी निरुवन्तपुरममा एक साताको लागि पुनः लकडाउन लम्ब्याउने निर्णय गरेको छ । यो लकडाउन सोमबारदेखि कार्यान्वयनमा आएको छ ।

केरलाकी स्वास्थ्यमन्त्री केके शैलजाले अहिले नै केरलामा सामुदायिक संक्रमण शुरु भइसकेको भन्न नसकिने तर कतै पनि नगएका र विदेशबाट आएका मानिसको सम्पर्कमा नआएका मानिसहरुलाई कोरोना भाइरसको संक्रमण देखिएको उनको भनाइ छ । अहिले दैनिक तीन/चार संक्रमित यस्ता भेटिने गरेको शैलजाको भनाइ छ ।

भारतमा लकडाउन हटाइएसँगै केरलामा विदेशबाट चार लाख १० हजारभन्दा धेरै मानिसहरु विदेशबाट घर फर्किएका छन् । यसका साथै करिब दुई लाख मानिस भारतकै अर्को राज्यबाट केरला फर्किएका छन् ।

स्वास्थ्यमन्त्रीका अनुसार उनीहरुमध्ये कम्तीमा पाँच हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिलेसम्म १०/१२ जना संक्रमितमा मात्र कोरोना भाइरसको स्रोत पत्ता लगाउन बाँकी रहेको उनको भनाइ छ ।

पछिल्लो समय केरलामा हटस्पटको संख्या पनि बढेका छन् । साथै मुलुकभर लकडाउन खोल्दा यो राज्यमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन थियो तर अहिले यो संख्या बढेर २५ पुगेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment