 
																			२२ असार, काठमाडौं । उपत्यकाभित्रको जघन्य किसिमको अपराध अनुसन्धान गर्दै आएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट वानेश्वर सरेको छ ।
नयाँ भवन निर्माण सुरु भएकाले अस्थायी रुपमा महाशाखाको कार्यालय वानेश्वरमा सरेको हो ।
महाशाखा प्रमुख एसएसपी दिपक थापाले दुई वर्षका लागि वानेश्वरमा घर भाडामा लिइएको अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘वानेश्वरमा रहेको नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फ रहेको कार्यालयबाट अब सेवा प्रवाह गर्नेछौं ।’
काठमाडौं प्रहरी परिसर, टेकु भने यथावत रहने छ । पहिले काठमाडौं प्रहरी मातहत रहेको केरकार शाखा ०५० सालपछि तत्कालीन एसपी राजेन्द्रबहादुर सिंहको पालामा उपत्यका अपराध अनुसन्धान शाखा हुँदै अहिले अपराध महाशाखा बनेको हो ।
काठमाडौं प्रहरीको भवन भद्रकालीमा बन्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4