+
+
Shares

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३० हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २३ गते १३:५४

२३ असार, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक लाख ३० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसको कारण एक लाख ३० हजार ३०६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा ३२५ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म अमेरिकामा २९ लाख ३८ हजार ६२४ संक्रमित फेला परिसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा ४४ हजार ९५३ नयाँ संक्रमित थपिएका हुन् ।

कोरोना भाइरसको कारण विश्वको सबैभन्दा प्रभावित मुलुक बनेको अमेरिकामा पछिल्लो केही समययता कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ । अमेरिकाको न्युयोर्क सबैभन्दा प्रभावित राज्य बनेको छ भने दोस्रो स्थानमा क्यालिफोर्निया छ । तेस्रो स्थानमा टेक्सास आइपुगेको छ । कोरोना भाइरसका नयाँ संक्रमित बढेसँगै फ्लोरिडा, टेक्सास र एरिजोनालगायतमा पुनः लकडाउन घोषणा गरिएको थियो ।

स्रोत :सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?