Comments Add Comment

पहिरोमा फसेकी महिलाको १८ घण्टापछि उद्धार

२३ असार, गुल्मी । इस्मा गाउँपालिका-१ हस्तिचौरमा गएको पहिरोमा फसेकी महिलाको १८ घण्टापछि उद्धार गरिएको छ ।

मुसिकोट नगरपालिका-२ की तारा कुमालको मंगलबार दिउँसो १ बजे हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीय श्रीराम महतले जानकारी दिए ।

दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिहरुले तारालाई फसेको देखेपछि उद्धार गरिएको स्थानीय कृषिराम अर्यालले बताए ।

पहिरोले बगाएको खेतबारीको मकै लिन गएकी उनी फर्कनेबेलामा फसेकी थिइन् । सोमबार रातिदेखि ठुलो पानीसँगै बगेको लेदोले उनलाई पुरेपछि १८ घण्टासम्म उद्धार नभएको स्थानीय कृषिराम अर्यालले बताए ।

सोमबार साँझ ६ बजेबाट पहिरोमा फसेकी कुमालको शरीर पूरै निलो भएको छ ।

हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध भएकाले उनलाई अस्पताल पुर्‍याउन समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment