Comments Add Comment

नारायणी लिफ्टबाट पानी छाडियो   

फाइल तस्वीर

२३ असार, चितवन । नारायणी लिफ्ट सिञ्चाइ प्रणालीको मुख्य स्थलमा पूजाआजा गरी पानी छाडिएको छ । पश्चिम चितवनको जमिन सिञ्चाइका लागि मुख्य नहर मानिएको सो लिफ्टको पम्पहाउस एबाट मंगलबार पानी छाडिएको हो ।

नारायणी लिफ्ट सिञ्चाइ खगेरी सिञ्चाइ व्यवस्थापन कार्यालयका प्रमुख इ. खेमबहादुर पाठकका अनुसार यस पम्पले प्रतिसेकेण्ड चार हजार लिटर पानी फाल्ने गर्दछ । पश्चिम चितवनको फूलबारी, केसरबाग, तोरीखेत, शिवनगर, लङ्कु, लक्ष्मीपुर, कल्याणपुर, शरदपुर, गौरीगञ्ज, बसेनीलगायतका क्षेत्रमा सिञ्चाइका लागि लिफ्टबाट पानी वितरण गर्ने गरिन्छ ।

पानी छोडिएपछि अहिले बी र सी नगरबाट पानी पठाइएको छ । बी नहरबाट दुई हजार ४०० हेक्टर र सी नहरबाट दुई हजार ३०० हेक्टर क्षेत्रफल सिञ्चाइ हुने गरेको छ । नारायणी लिफ्टमा अहिले चारवटा पम्प रहेका छन् । दुईवटा चार क्युमेक र दुई वटा दुई क्युमेकका पम्प रहेका छन् ।

साउन महिनाबाट अर्को ठूलो पम्पसमेत सञ्चालनमा ल्याइने छ । पम्प सञ्चालनमा आएसँगै एक लाख पचास हजार उपभोक्ता लाभान्वित हुने नारायणी लिफ्ट सिञ्चाइ प्रणालीका अध्यक्ष पूर्णबहादुर रानाभाटले जानकारी दिए । उनका अनुसार आजदेखि कात्तिकको पहिलो सातासम्म पानी छोडिने छ । पानी छोड्नु अघि पम्पमा परम्पराअनुसार पूजाआजसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment