Comments Add Comment

दक्षिण अफ्रिकामा कोरोना संक्रमित दुई लाख नाघे

२३ असार, काठमाडौं । दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दुई लाख नाघेको छ । दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली खिजेले अहिले दक्षिण अफ्रिकाका चार प्रान्त निकै कोरोना भाइरसको संक्रमण फैलिने जोखिममा रहेको बताएका छन् । यी राज्यमा आगामी दिनमा लकडाउन गर्न सकिने सम्भावना रहेको बताएका छन् ।

दक्षिण अफ्रिकाको गाउटेङ, वेस्टर्न केप, इस्टर्न केप र क्वाजुलु–नाटाल सबैभन्दा प्रभावित क्षेत्र हुन् । अहिले दक्षिण अफ्रिकामा दैनिक एक हजारभन्दा धेरै कोरोना संक्रमित फेल पर्ने गरेका छन् ।

दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्रीले समयमा नै लकडाउन नगरिएको भए अहिलेको भन्दा पनि जटिल अवस्थाको सामना गर्नुपर्ने उल्लेख गरेका छन् । अहिले दक्षिण अफ्रिका मुलुकमा लगाइएको लकडाउन चरणबद्धरुपमा हटाउने क्रममा छ । यसै सातादेखि दक्षिण अफ्रिकाले मुलुकमा विद्यालय पनि खोल्ने तयारी गरेको छ ।

दक्षिण अफ्रिकामा अक्सफोर्ड युनिभर्सिटीले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोपको परीक्षण पनि भइरहेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment