Comments Add Comment

चिनियाँ दूतावास अगाडि प्रदर्शन

२३ असार, काठमाडौं । ‘गो ब्याक चाइना’ भन्दै काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

८/१० जनाको समूहले प्रदर्शन गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किरहेका बेला चिनियाँ राजदूत होउ यान्छीले नेताहरुसँग भेटवार्ता तीव्र बनाएकी छन् । प्रदर्शनमा सहभागीहरुले राजदूत यान्छीको तस्वीर र ‘गो ब्याक चाइना’ भन्ने प्ले कार्ड बोकेका थिए ।

प्रदर्शनमा सहभागी केही नेपाल विद्यार्थी संघका पूर्व नेतासमेत छन् । तर नेवि संघका महामन्त्री दीपक भट्टराईले भने दूतावासमा प्रदर्शन गर्ने कुनै निर्णय नभएको बताए । उनले भने, ‘प्रदर्शनमा सहभागी दुईजना पहिले नेविसंघमा आवद्ध साथीहरु हो । अहिले कुनै जिम्मेवारी छैन।’

प्रदर्शनमा सहभागी एलिजा ढकालले देशलाई माया गरेर पार्टीभन्दा माथि उठेर मौन विरोध कार्यक्रम गरिएको बताइन् । उनले भनिन्, ‘हामीले भारतीय विस्तारवादको सधैँ विरोध गछौं तर, पछिल्लो समय चिनियाँ हस्तक्षेपको पनि विरोध गर्नुपर्छ भनेर मौन प्रदर्शन गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment