Comments Add Comment

श्रीराम सुगरको जग्गा बेच्न अलमल, रहिरह्यो उखु किसानको बक्यौता

२४ असार, काठमाडौं । श्रीराम सुगर मिलको जग्गा बिक्री हुन नपाएपछि किसानको उखुको बक्यौता भुक्तानीमा समस्या परेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु मिलबाट किसानले पाउनुपर्ने बक्यौता तिर्ने प्रक्रियामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट असहयोग भएको आरोप लगाएको छ ।

श्रीराम सुगर मिलको जग्गा बिक्री गरेर किसानको झण्डै २७ करोड रुपैयाँ बक्यौता तिर्न सहयोग गर्न मन्त्रालयले गरेको अनुरोध भूमि व्यवस्थाले पाँच महिनासम्म कुनै राय नदिई अल्भिmएको मन्त्रालयको गुनासो छ ।

टाट पल्टिएको श्रीराम सुगर मिलको १० बिगाह जग्गा बिक्रि गर्ने प्रकि्रयालाई सहज गराउन माघ ७ गते उद्योगले भूमी व्यवस्थालाई मन्त्रीस्तरीय निर्णय गरेर पत्राचार गरेको थियो ।

उखु मिललाई विघटनमा लगेर किसानको पैसा तिर्न उद्योगको नाममा रहेको जग्गा बिक्री गर्न प्रक्रिया सहज बनाइदिन उद्योगले भूमि व्यवस्थालाई लेखेको पत्रमा उल्लेख छ ।

उद्योग रहेको बाहेकको जग्गा बिक्री गरी किसानको बक्यौता तथा कर्मचारीको दायित्व पूरा गरेर बाँकी रकमले उद्योग पुनः चलाउने वातावरणमा सहयोग गर्न भूमि व्यवस्थालाई भनेको उद्योग मन्त्रालयका एक अधिकारीले बताए ।

जग्गा बिक्री गर्ने प्रक्रियामा भूमी व्यवस्थाले सहमति नदिएपछि मिलले रकम तिर्न नसकेर उखु किसान मारमा परेको मन्त्रालय स्रोतले बतायो ।

श्रीराम सुगर मिलले मात्रै किसानलाई २६ करोड ७७ लाख ७८ हजार ६ सय २३ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । श्रीराम सुगर मिल सञ्चालकले गत पुसमा जग्गा बिक्री गरेर बक्यौता तिने भन्दै सहजीकरण गरिदिन मन्त्रालयमा सहमति गरेको थियो । जग्गा बिक्रिमा नभएपछि किसानले एक रुपैयाँ पनि भुक्तानी नभएको मन्त्रालयले जनाएको छ ।

यता विद्यमान कानुनले नमिल्ने भएका कारण जग्गा बिक्री गर्न सहमति दिन नसकिएको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

उद्योगको नाममा काुननले तोकेको भन्दा बढी छुट लिएर जग्गा राखिएको र त्यस्तो जग्गा बिकि्रकालागि सहमति दिन कानुनी व्यवस्था नभएको मन्त्रालयका सहसचिव जनकराज जोशीले जानकारी दिए ।

‘श्रीरामको जग्गा बिक्री गर्न विद्यमान कानुन अनुसार मन्त्रालयले सहमति दिन सक्दैन भन्ने कानुनी राय रह्यो,’ सहसचिव तथा प्रवक्ता जोशीले भने ।

श्रीराम, लुम्बीनी र अन्नपूर्ण गरेर तीन उद्योगले उखु किसानलाई अझै ५६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

लकडाउनकै बीच अन्नपूर्ण सुगर मिलले २३ करोड रुपैयाँ किसानलाई भुक्तानी गरेको र उसको वक्यौता १९ करोड बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

श्रीरामको जग्गा बिक्रिको प्रत्रिया अघि नबढ्दा समस्या भएको र लुम्बीनी सुगर मिल मुख्य सञ्चालकको मृत्युपछि कम्पनीकोतर्फबाट हकदाबी गर्ने व्यक्ति नै सम्पर्कमा नआएको मन्त्रालयका उपसचिव विरेन्द्र बस्नेतले जानकारी दिए ।

श्रीरामको २६ करोड ७७ लाख ७८ हजार ६ सय, लुम्बीनीको ११ करोड र अन्नपूर्णको १९ कोरोड रुपैयाँ वक्यौता रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment