Comments Add Comment

कम गुणस्तर भेटिएको लोमसका दुई औषधि बिक्रीमा रोक

२४ असार, काठमाडौं । लोमस फर्मासिटिकल्सले उत्पादन गरेको दुई  औषधि कम गुणस्तरको भेटिएको छ ।

औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरुको नमुना परीक्षण गर्दा मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) कम गुणस्तरको पाइएको हो ।

विभागले मेट्रो ४०० को ब्याच नम्बर एमटीटी-०९१७ र सेटोफेजको ब्याच नम्बर सीटी-१०१९ का औषधि बिक्री वितरणमा रोक लगाएको छ ।

औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्री वितरकलाई विभागले भनेको छ । विभागले उक्त औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment