२४ असार, धादिङ । धुनीबेंसी नगरपालिका वडानम्बर ९ खत्रीपौवामा दुर्घटना हुँदा बुधबार बिहान एकजनाको मृत्यु भएको छ ।
काठमाडौँबाट नौबीसेतर्फ आउँदै गरेको बा४ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका वडानम्बर ३ काठमाडौँ निवासी ३० वर्षीय महेश श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
घटनापछि सवारी चालक फरार भएका छन् भने प्रहरीले सवारी साधन नियन्त्रणमा लिएको छ । शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4