+
+
Shares

प्रधानमन्त्री ओलीको पक्षमा चितवनमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २४ गते १७:४२

२४ असार, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल कम्युनिस्ट पार्टीभित्रै राजीनामा माग गरिएको विरोधमा चितवनको भरतपुरमा प्रदर्शन गरिएको छ ।

भरतपुरको चौबिसकोठी क्षेत्रमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गर्दै केपी ओली नेतृत्वको सरकार पाँच वर्ष नै चल्नुपर्ने माग गरे ।

राष्ट्रिय झण्डा, नेपालको नक्सा र केपी ओलीको फोटोसहित प्रदर्शनमा उत्रिएका प्रर्दशनकारीले ‘सरकार ढाल्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’लगायत नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

भरतपुरको चौबिसकोठीदेखि चितवन मेडिकल कलेजको गेटसम्म लामबद्ध बनेर उनीहरुले प्रदर्शन गरेका थिए ।

प्रर्दशनपछि अयोजित विरोधसभालाई समापन गर्दै चितवन वार एशोसिएसनका अध्यक्ष कमल पाठकले देशले गुमाएको भूमिसहितको राष्ट्रिय नक्सा सार्वजनिक गरे लगत्तै पार्टीभित्रबाटै सरकारको राजीनामा माग गर्नु बिडम्बना भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?