
२४ असार, विराटनगर । मोरङमा प्रहरीले सामूहिक बलात्कारमा संलग्नको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीले चार महिनाअघि १७ वर्षकी किशोरीमाथि भएको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा उर्लाबारी नगरपालिका– ५ का ३० वर्षका प्रदीप खतिवडा र २१ वर्षका भेषराज आचार्यलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार २७ फगुनमा दिउँसो करिब ३ बजे किशोरी घरमा एक्लै भएको अवस्थामा छिमेकी दुई युवकले बलात्कार गरेका हुन् ।
गर्भवती भएपछि खुल्यो बलात्कार
मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार किशोरी गर्भवती भएपछि घटना बाहिर आएको हो ।
किशोरीलाई घटना कसैलाई सुनाए मार्ने धम्की दिएका कारण करिब चार महिना घटना बाहिर आएको थिएन । तर किशारी गर्भवती रहेको खुलेपछि आफन्त सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिन गएका थिए ।
चार महिनापछि जाहेरी आएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीले सोही दिन दुई युवकलाई पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार पीडित पक्षलाई सुरुमा प्रहरीमा उजुरी गर्न दिइएको थिएन । घटना गाउँमै मिलाउने प्रयास भए पनि गर्भ रहेको पुष्टि भएपछि पीडित परिवारले प्रहरीमा जाहेरी दिएको थियो ।
प्रतिक्रिया 4