+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ज्योती लेख्छिन्–‘५–७ बर्ष भयो होला म राम्रोसँग सुतेकी छैन’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते १२:५२

गायिका ज्योती मगर अहिले आफ्नो गाउँ रोल्पामा छिन् । लक डाउन भएपछि रोल्पा पुगेकी ज्योती केही दिनमा काठमाण्डौ फर्किने तयारीमा छिन् । उनले, यसपटक आफ्नै लगानीमा तीज गीत सार्वजनिक गर्ने सोच अहिलेसम्म नआएको बताइन् । तर, अन्य कलाकारसँग सहकार्य गरेर केही गीत गाउने उनको भनाई छ ।

उनै, ज्योतीले सामाजिक संजालमा एउटा स्टाटस लेख्दै आफ्नो मन भित्र धेरै कुराहरु गुम्सिएको बताएकी छिन् । ज्योती लेख्छिन्–‘५–७ बर्ष भयो होला म राम्रोसँग सुतेकी छैन । मलाई पनि धेरै कुरा भन्न मन छ । कती धेरै समस्याहरु छन्, जो समाधान भैरहेका छैनन् । तर, म भन्न सकिराखेकी छैन किनकी कतै मेरो समस्या शिल्पा पोखरेलको कानको जाली जस्तै फेसबुकमा रैला गर्ने बाटो मात्र बन्यो भने ?’

ज्योतीले आफूले अझै आफूले निन्द्रासँग संझौता गर्नुपर्छ होला समेत भनेकी छिन् । ज्योतीले आफू जस्तै निन्द्रासँग संझौता गरिरहेका अन्य मानिसहरुहरुले आफूसँग कुरा शेयर गर्न सक्ने पनि लेखेकी छिन् ।

नेपाली लोक गायन क्षेत्रमा आफ्नो नाम बनाउँदै गर्दा ज्योती मगरको चर्चामा छिन् । तर, उनको पहिरन र स्टेजमा प्रस्तुत हुने तरिकाको भने विवादित बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?