+
+
Shares

भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २६ गते ८:४१

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ ।

दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए ।

उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । त्यसपछि विकास दुवेले प्रहरीको हतियार खोसेर आक्रमणको प्रयास गरे र जवाफी कारबाहीमा उनी मारिए ।

दुवेको छाती र कम्मरमा गोली लागेको छ । उनलाई अस्पताल लैजाँदै गर्दा शुक्रबार बिहान सात बजेर ५५ मिनेटमा दुवेको मृत्यु भएको भारतीय प्रहरीको दाबी छ ।

भारतको कानपुरमा दुवेको समूहसँगको मुठभेडमा एक डिएसपीसहित ८ जनाको मृत्यु भएको थियो । यो घटनालगत्तै भारतीय प्रहरीहरूले विकास दुवेको खोजी तीव्र पारेका थिए । सोही क्रममा दुवेका एक निकट सहयोगी पनि प्रहरी कारबाहीमा मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?