Comments Add Comment

म्याग्दीमा मास्क नलगाइ हिँड्ने ४५ जना कारबाहीमा

२६ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, म्याग्दीले मास्क नलगाइ हिँडेको अभियोगमा ४५ जनालाई कारबाही गरेको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको मापदण्ड पालना नगरेको भन्दै उनीहरुलाई कारबाही गरिएको हो ।

म्यादीका डीएसपी किरणजंग कुँवरका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर संक्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार कारबाही गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, म्याग्दीले उनीहरुलाई एक सय रुपैयाँका दरले जरिवाना लिएको छ भने सार्वजनिक सवारीमा यात्रु बोकेको एउटा सवारी साधनलाई एक हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने तथा माक्सको प्रयोग नगर्ने सबैलाई जिल्ला प्रहरी कार्यालयमा सचेतनामूलक अभिमुखिकरण र प्रत्येक व्यक्तिलाई २/२ वटा मास्क पनि दिइएको कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment