Comments Add Comment

यी चार फलफूल खाली पेटमा खानु हुँदैन

फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर कतिपय फलफूल यस्ता हुन्छन्, जसलाई खाली पेटमा खानु उचित हुँदैन । त्यसैगरी यस्ता थुप्रै खानेकुरा हुन्छन्, जसलाई खाली पेटमा सेवन गर्दा त्यो हानिकारक हुन्छ ।

१. आँप

अहिले आँपको सिजन छ । मौसमी फलफूल स्वास्थ्यका लागि राम्रो मानिन्छ । आँपलाई फलको राजासमेत भनिन्छ । यो स्वादिलो मात्र होइन, उत्तिकै पोषिलो फल पनि हो । त्यसो त आँपको पात, बोक्रा सबै औषधीय गुणले भरिपूर्ण मानिन्छ । आफैँ आफैँमा गुणी फल हो । तर आँप खाली पेटमा खानु उचित हुँदैन ।

२. केरा

केरा सदावहार फल हो । आइरन तथा पोटासियमले भरपूर केरा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले शरीरमा आइरनको कमी हुन पाउँदैन । तर खाली पेटमा केराको सेवनले भने स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ ।

खासगरी, माइग्रेन तथा एसिडिटीको समस्या भएकाहरूले त झन् खाली पेटमा केरा खानै नहुने उनीहरू बताउँछन् । भन्छन्, खाली पेटमा केरा खाएमा एसिडिटी बढ्ने गर्छ ।

३. लिची

स्वादिलो र पौष्टिकताले भरिपूर्ण फल हो लिची । लिचीमा पर्याप्त खनिज तत्व पाइन्छ । यसको प्रमुख पोषक तत्व भने कार्बोहाइड्रेट हो । कलेजो र कमलपित्तजस्ता रोगीका लागि लिची फलको सेवन लाभदायक हुन्छ । पाचन प्रणालीको विकार हटाउन समेत यसले मद्दत गर्छ । यति गुणी फल भए पनि यसलाई खाली पेटमा खानु हानिकारक हुन्छ । खाली पेटमा यसको सेवन गरेकै कारण बालबालिकाको मृत्यु भएको खबर पनि वर्षेनी आउने गर्छ ।

४. गोलभेडा

गोलभेडा भान्साको लागि अनिवार्य मानिन्छ । चाहे अचार खान होस् वा दाल–तरकारीमा राख्न, गोलभेडा चाहिन्छ । त्यसो त सलादको रूपमा काँचो खान पनि गोलभेडा उपयुक्त हुन्छ ।

गोलभेडामा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसले क्यान्सर तथा मुटु रोगको जोखिम कम गर्नुका साथै छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।  यसमा भिटामिन सी, भिटामिन के , पोटासियम तथा फोलेट पनि पर्याप्त मात्रामा पाइन्छ ।  तथापि, खाली पेट तथा गलत समयमा टमाटरको सेवनले एसिडिटी हुनुका साथै पत्थरी, ग्यास्ट्रिक तथा अल्सरको जोखिम  हुन्छ ।

खाली पेटमा खान नहुने अन्य खानेकुरा

दही-  क्याल्सियम र प्राटिनले  भरिपूर्ण दहीमा स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । दहीको सेवनले शरीरलाई ऊर्जा मिल्नुका साथै पाचनसम्बन्धी समस्यालाई कम गर्न मद्दत गर्छ । तर खाली पेटमा दहीको सेवन गर्नुले चाहिँ स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउन सक्छ ।

चिया वा कफी-कतिपयको बानी हुन्छ, उठ्नसाथ तात्तातो चिया वा कफी पिउने । बिहान फ्रेस हुनका लागि पनि चिया, कफी पिउने गरिन्छ । तर खाली पेटमा चिया वा कफीको सेवन भने शरीरको लागि घातक हुन सक्छ । यसको सेवनले शरीरमा एसिडिटीको समस्या बढ्नुका साथै पेट पोल्ने तथा अपचको समस्या निम्तिने गर्छ ।

मसलेदार खानेकुराको सेवन-त्यसै पनि पिरो एवं मसेलदार खानेकुराले पेटमा असर गर्छ । अझ खाली पेटमा यस्तो खानेकुरा खानु अरू घातक हुन सक्छ । मसलेदार खानाको सेवनले शरीरमा एसिडको स्तर बढ्ने गर्छ, जसले शरीरको पाचनतन्त्रलाई प्रभावित पारेर पेटमा ऐठन हुने  तथा पेट दुख्ने गर्दछ ।

औषधि-जुनसुकै स्वास्थ्यसम्बन्धी समस्यामा पनि औषधि आवश्यक हुन्छ । तर खाली पेटमा यस्ता औषधिको सेवनले अल्सर निम्त्याउन सक्छ । खासगरी, खाली पेटमा औषधिको सेवन गरेमा पेटमा एसिडको स्तर बढ्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment