Comments Add Comment

ट्रम्पको कर विवरण अभियोजनकर्ताले हेर्न पाउने सर्वोच्चको फैसला

२६ असार, काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपको कर विवरण न्युयोर्कका अभियोजनकर्ताहरुले हेर्न पाउने फैसला सुनाएको छ । यससँग सम्बन्धित अर्को एक मुद्दामा भने अदालतले अमेरिकी संसदमा ट्रम्पले आफ्नो कर विवरण बुझाउनु जरुरी नरहेको बताइएको छ ।

ट्रम्पले पूर्व राष्ट्रपतिहरुले जस्तो आफ्नो कर फिर्ताको विवरण नबुझाएको भन्दै उनमिाथि मुद्दा दायर गरिएको थियो ।

ट्रम्पका वकिललले राष्ट्रपति कार्यालयमा रहुञ्जेलसम्म ट्रम्पले संसद्मा आफ्नो कर बुझाउनु नपर्ने बताएका छन् । साथै उनको कर विवरण खोज्नु न्यायसंगत नभएको उनले जिकिर गरेका छन् ।

लामो समयदेखि डेमोक्रेट्सको नियन्त्रणमा रहेको तल्लो सदनका दुई समिति र न्युयोर्कका अभियोजनकर्ता साइरस भान्सले ट्रम्पको कर विवरण माग्दै आएका थिए ।

ट्रम्पले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आएका छन् । साथै उनले आफ्नो करमाथि भइरहेको अनुसन्धानको पनि आलोचना गर्दै आएका छन् । सर्वोच्च अदालतले दुवै मुद्दामा बहुमतको आधारतमा फैसला गरेको थियो । दुवै फैसलामा सातका विरुद्ध दुई मत आएको थियो ।

सर्वोच्च अदालतले यो मुद्दा तल्लो अदालतलाई सुम्पिएको छ र यसमा बहस जारी रहनेछ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment