+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

विपदका बेला बिग्रियो सुर्खेतको मौसमी राडार

यज्ञ खत्री यज्ञ खत्री
२०७७ असार २७ गते ११:४५

२७ असार, सुर्खेत । विपदका बेला मौसमसम्बन्धी पूर्वसूचना दिने मौसमी राडार एक महिनादेखि बिग्रिएको छ । सुर्खेतको रातानाङ्ला डाँडामा सञ्चालित नेपालकै पहिलो राडार बिग्रिएको एक महिना बित्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

गत जेठको अन्तिम साता चट्याङले जेनेरेटर र युपीएस बिग्रिएपछि अझै राडार सञ्चालनमा आउन नसकेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका निमित्त प्रमुख विनोद पराजुलीले जानकारी दिए ।

‘राडार सञ्चालनमा आएपछि कहिले चट्याङले हानेर, कहिले ट्रान्सफर्मर बिग्रिएर समस्या हुन्छ,’ उनले भने, ‘पछिल्लो समय जेठ अन्तिम साता चट्याङले जेनेरेटर र युपीएस बिग्रेपछि पूरै बन्द भयो ।’

नयाँखालको प्रविधि सञ्चालन गर्न दक्ष प्राविधिक कर्मचारी नहुँदा नियमित सञ्चालन गर्न नसकिएको निमित्त प्रमुख पराजुली बताए ।

काठमाण्डौंबाट दुईपटक प्रविधिक टिम ल्याएर बनाउँदा पनि पूर्णरुपमा सञ्चालन गर्न नसकिएको भन्दै उनले अबको दुई÷तीन दिनमै सञ्चालन गर्ने गरी काम भैरहेको जानकारी दिए ।

निमित्त प्रमुख पराजुलीका अनुसार मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमै पहिलोपटक जडान गरिएको उक्त राडारबाट समयमै सही सूचना सहजरुपमा प्राप्त गर्न सकिन्छ । यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप बाढी, पहिरो आदि घटनालाई न्यूनीकरण गर्न सहयोग पु¥याउँछ ।

‘राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको बहिर्भावको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्नेछ,’ पराजुली भन्छन्, ‘यसले मौसमी प्रतिकूलताका कारण हुने प्राकृतिक जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण टेवा दिनेछ ।’

राडारले कर्णालीमा हवाई यात्राको अवस्थाबारे सहयोग गर्नुका साथै कृषकलाई समेत बालीनाली लगाउन मद्दत पु¥याउने छ । यसले साविकको मध्य तथा सुदूरसहित पश्चिमाञ्चल र भारतको केही क्षेत्रलाई कभर गर्छ ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?