Comments Add Comment

इंग्ल्याण्डलाई विश्वकप जिताउने ज्याक चार्ल्टनको निधन

काठमाडौं । इंग्ल्यान्डलाई विश्वकप फुटबलको उपाधि जिताउने फुटबलर ज्याक चार्ल्टनको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित चार्ल्टनको ८५ वर्षको उमेर शुक्रवार निधन भएको हो ।उनको परिवारले स्टेटमेन्ट जारी गर्दै ज्याकको जुलाई १० मा शान्त रुपमा निधन भएको पुष्टि गरेको छ ।

इंग्ल्याण्डले अहिलेसम्म एक पटक विश्वपक फुटबल उपाधि जितेको छ । र सन् सन् १९६६ मा इंग्ल्स टोलीले विश्वकपको उपाधि जित्दा चार्ल्टन उक्त टिमको सदस्य रहेका थिए । ज्याकका दाजु बबी चार्ल्टन पनि उक्त टिममा थिए ।

लिड्स युनाइटेडका य पूर्व खेलाडीले रिपब्लिक अफ आयरल्याण्डको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालेका थिए । लिड्समा रहँदा उनले कीर्तिमानी खेल खेलेका थिए भने प्रशिक्षकको रुपमा पनि आयरल्याण्डबाट सफलता हासिल गरेका थिए ।

२१ वर्ष लिड्समा बिताउँदा उनले सर्वाधिक ७७३ खेल खेल्ने संयुक्त कीरत्मान बनाएका छन् । उनले १९७३ मा खेलाडी जीवनबाट सन्यास लिएका थिए ।

लिड्सले पनि ज्याकको निधनप्रति शोक व्यक्त गरेको छ । लिड्सले सन् १९६८ मा लिग उपाधि जित्दा र १९७२ मा एफए कप जित्दा ज्याक सदस्य थिए ।
ज्याकको प्रशिक्षणमा आयरल्यान्ड सन् १९८८ मा युरोकपको फाइनलमा पुगेको थियो । यस्तै सन् १९९० को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment