Comments Add Comment

एन्टोनियो एक्लैले गरे ४ गोल, नर्विच रेलिगेसनमा

काठमाडौं । मिचेल एन्टोनियो एक्लैले चार गोल गरेपछि वेष्टह्यामले प्रिमियर लिगमा नर्विच सिटीलाई ४-० ले पराजित गरेको छ । महत्वपूर्ण जितपछि वेष्टह्याम रेलिगेसन क्षेत्रबाट ६ अंक सुरक्षित बन्दा नर्विच सिटी यस सिजन रेलिगेसनमा पर्ने पहिलो टिम बनेको छ ।

नर्विचको मैदानमा भएको खेलमा एन्टोनियोले दुवै हाफमा दुई-दुई गोल गरे ।११औं मिनेटमा पहिलो गोल गरेका उनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता दोब्बर पारे ।

५४औं मिनेटमा तेस्रो गोल गर्दै प्रिमियर लिगमा आफ्नो पहिलो ह्याट्रिक पूरा गरेका एन्टोनियोले ७४औ मिनेटमा चौथो गोल गरे । एन्टोनियो अवे मैदानमा ह्याट्रिक गर्ने वेष्टह्यामका दवस्रो खेलाडी बनेका छन् र २००१ पछि पहिलो हुन् ।

सन् २००१ मा वेष्टह्यामका पाउल किस्टोनले चार्ल्टन एथ्लेटिक विरुद्ध ह्याट्रिक गरेका थिए ।

जितपछि ३५ खेलबाट ३४ अंक जोड्दै वेष्टह्याम १५औं स्थानमा उक्लेको छ । वाटफोर्ड समान अंक भएपनि वेष्टह्याम गोलअन्तरका कारण अगाडि छ ।

३५ खेलबाट २१ अंक मात्र रहेको नर्विच भने तीन खेल अगावै रेलिगेसनमा पर्ने पक्का भएको छ । नर्विचले अब बाँकी ३ खेल नै जितेपनि अन्तिम तीन स्थानबाट माथि उक्लन सक्ने छैन । नर्विच अघि रहेका बर्नमाउथ २८ अंकसहित १८औं र २७ अंक रहेको एस्टनभिल्ला १९औं स्थानमा छ ।

अर्को खेलमा वाटफोर्डले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै न्यूकासल युनाइटेडलाई २-१ ले पराजित गरेको छ । वाटफोर्डका लागि दुवै गोल ट्रो डिनेले पेनाल्टीमा गरे।त्यसअघि ड्वाइट गेलले गोल गर्दै न्यूकासललाई अग्रता दिलाएपनि कायम राख्न सकेन ।

वाटफोर्ड ३५ खेलबाट ३४ अंक जोड्दै १६औं स्थानमा छ । न्यूकासल भने ३५ खेलबाट ४३ अंकसहित १३औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

किन जागे खोकनावासी ?

Advertisment