Comments Add Comment

हवाई उड्डयन उद्योगमा १० लाखको रोजगारी खतरामा

काठमाडौं । विश्वभरका उड्डयन उद्योगमा १० लाख मानिसको रोजगारी खतरामा रहेको इन्टरनेटशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए)ले बताएको छ । कोरोना भाइरस (कोभिड-१९) को कारण अहिले संकटमा रहेको उड्डयन उद्योगमा ८४ अर्ब डलरको नोक्सानी हुनसक्ने अनुमान छ ।

यसै साता अमेरिकाका तीन सबैभन्दा ठूला विमान कम्पनीको एक साझा संस्थाले आफ्ना कर्मचारीहरुलाई यात्रामा आएको उल्लेख्य कमीको कारण ३६ हजार रोजगारी कटौती हुन सक्ने चेतावनी दिएको थियो ।

लगानी कम्पनी कोभेनका प्रबन्ध निर्देशक तथा सिनियर रिसर्च एनालिस्ट हेलेन बेकरका अनुसार महामारीको कारण अमेरिकी विमान कम्पनीहरुका साढे सात लाख कर्मचारीहरुमध्ये दुई लाख कर्मचारी कटौती हुन सक्ने बताएका छन् ।

अमेरिकी विमान कम्पनीको संस्थाले अहिले सरकारलाई २५ अर्ब डलरको राहत प्याकेज बढाउन दबाब दिइरहेको छ । सरकारले दिएको सहयोग लिन कम्पनीहरुले आगामी सेप्टेम्बरसम्म आफ्ना कर्मचारीहरुलाई काममा राख्नुपर्ने हुन्छ ।

विश्वभरका २९० एयरलाइन्स कम्पनीको प्रतिनिधित्व गर्ने संस्था आईएटीएका प्रवक्ताले विमान क्षेत्रमा अहिले रोजगारीमा भइरहेको कटौतीले यो क्षेत्र कति संकटमा छ भन्ने कुरा स्पष्ट पारेको बताएका छन् ।

अहिले कोरोना भाइरस नियन्त्रणको लागि विश्वभरका धेरै मुुलुकहरुले हवाई उद्योगमा रोक लगाउने निर्णय गरिरहेका छन् । तर, यो निर्णय गर्दा त्यसबाट पर्ने आर्थिक अवस्थाको बारेमा पनि सोच्नुपर्ने बताइएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment