+
+
Shares

बाढीमा परेर झापामा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते ७:३१
फाइल फोटो

२८ असार, झापा । केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण नदीमा आएको बाढीमा परेर झापामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता छन् ।

मृत्यु हुनेमा जिल्लाको झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेश छन् । मलामी जाने क्रममा खोलामा पौडी खेलिरहेका वेला बगाएपछि उनी बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाउने वित्तिकै खटिएको प्रहरी चौकी, शरणामती र इलाका प्रहरी कार्यालय, कुमरखोदको टोलीले बाह्रदशी गाउँपालिका–२ मा उनको शव फेला पारेका थिए ।

भद्रपुर नगरपालिका–३ स्थित मेची खोलामा आएको बाढीले बगाउँदा अर्का एक जना बेपत्ता छन् ।

बेपत्ता हुनेमा स्थानीय ३३ वर्षीय हिरण राई छन् । नुहाउने क्रममा उनी बेपत्ता भएको झापाका एसपी कृष्ण कोइरालाले बताए ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी महेशपुरबाट टोली गइ खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?