+
+
Shares

अवैध मिर्गौला प्रत्यारोपणमा प्रहरीकै संलग्नता ! असई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते १७:०५

२८ असार, काठमाडौं । अवैध मिर्गौला प्रत्यारोपणको घटनामा प्रहरीको पनि संलग्नता पाइएको छ ।

यस घटनामा संलग्नताको आरोपमा प्रहरीले गुल्मी रेसुंगा नगरपालिका २ का प्रहरी सहायक निरीक्षक (असई) भीमप्रसाद ढकाललाई र यसअघि पनि मिर्गौला तस्करीमा मुछिएका निलम्बित प्रंहरी नायव निरीक्षक (सई) योगेन्द्रराज थपलिया पक्राउ परेका छन् ।

थपलिया यसअघि २०७६ साउनमा काभ्रे बाङ्थलीका विष्णु खड्काको भारतमा लगेर मिर्गौला निकाल्न लागिएको घटनामा पनि थपलियाको संलग्नता भएको प्रहरीले बताएको छ ।

चितवनको कलेज अफ मेडिकल साइन्सेज नक्कली कागजात खडा गरी विदेशमा रहेका व्यक्तिको विवरण प्रयोग गरी तेस्रो व्यक्तिको मिर्गौला झिकिएको घटना बाहिरिएको थियो । उक्त घटनामा संलग्न १२ जनालाई प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, कलेज अफ मेडिकल साइन्सेज टिचिङ अस्पतालका कानुनी सल्लाहकार ४० वर्षका रमेश काफ्ले, अस्पतालका प्रमुख सञ्चालन अधिकृतडा. सुप्रभात श्रेष्ठ, अस्पतालमा कार्यरत डा. बालकृष्ण कालाखेती, नोबल अस्पतालका डा. राकेशकुमार वर्मा, भक्तपुरका जमुना राजभण्डारी, भक्तपुर जगातीकी रेश्मा राई, ललितपुर वडा नम्बर ३ का वडाध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालयका तत्कालिन खरिदार नवराज केसी र जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक नवराज केसी पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?