Comments Add Comment

निर्वाचन आयोगले दियो जसपालाई प्रमाण पत्र

२८ असार, काठमाडौं । निर्वाचन आयोगले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दल दर्ता प्रमाण पत्र दिएको छ । जसपाले दल दर्ताका लागि गत वैशाख ११ गते आयोगमा निवेदन दिएको थियो ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो दललाई निर्वाचन आयोगले आधिकारिक प्रमाणपत्र प्रदान गरेको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी निर्वाचन आयोगलाई धन्यवादका साथ आभार व्यक्त गर्दछौं । यस अवसरमा अग्रगामी परिर्वतनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजावदप्रति समर्पित सम्पूर्ण राजनीतिक शक्ति र व्यक्तिहरुलाई जसपामा आवद्ध हुन आव्हान गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment