Comments Add Comment

महोत्तरीबाट गाँजासहित दुईजना पक्राउ

२८ असार, जनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँपालिकाबाट लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ज ९ प २८७९ नम्बरको मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका-२ बुद्व चोक बस्ने ३५ वर्षीय जीवन लामा र वडा नम्बर-१४ स्थित कटुवाल टोल बस्ने २५ वर्षीय गणेश ठाकुर छन् ।

महोत्तरी गाउँपालिका-३ डाम्ही मडैस्थित बर्दिवास–जलेश्वर सडक खण्डबाट इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

मोटरसाइकलको सिट मुनि सेतो बोराभित्र हरियो प्लाष्टिकले बेरेको अवस्थामा ५ किलो गाँजा बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए ।

नियन्त्रणमा लिइएका दुवै जनालाई लागूऔषध मुद्धामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment