Comments Add Comment

प्रदेश २ को बजेट एक महिनापछि बहुमतबाट पारित

२९ असार, जनकपुरधाम । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेट मत विभाजन प्रकृयामार्फत् एक महिनापछि पारित भएको छ ।

यसअघि सर्वसम्मतले पारित हुँदै आएको प्रदेश २ को बजेट यसपटक भने मत विभाजन प्रकृयाले बहुमतले पारित भएको हो ।

गत असार १ गते प्रदेश सरकारले रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको थियो । बजेटमा अनुत्पादक खर्च बढी राखिएको भन्दै प्रतिपक्षी दलले पारित गराउन साथ दिएका थिएनन् ।

सर्वसम्मतले बजेट पारित नभएपछि मत विभाजन अर्थात् पारितको पक्षमा र विपक्षमा रहेका सांसदलाई सभामुख सरोज यादवले उभिन लगाएका थिए । प्रदेशका कुल १ सय ७ सांसदहरुमध्ये प्रदेश सभाको बैठकमा उपस्थित ८० जनामध्ये ४८ जना बजेटको पक्षमा र अन्य विपक्षमा उभिएका थिए ।

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट चालु आर्थिक वर्ष २०७६/७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख कम हो ।

चालु आर्थिक वर्षमा प्रदेश २ सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो । जसमा चालुतर्फ रु १९ अर्ब ११ करोड, ९७ लाख ३८ हजार र पुँजीगततर्फ रु १९ अर्ब २६ करोड, ५४ लाख ६४ हजार राखिएको थियो ।

तर बजेटमाथिको छलफलमा सहभागी हुँदै प्रतिपक्षीले कोरोना महामारीको समयमा पनि सरकारले अनुत्पादक शीर्षकमा बढी बजेट राखेको र मन्त्रीहरुले आफ्नो क्षेत्रमा बढी बजेट लगेको भन्दै विपक्षीले विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment