+
+
Shares

खोलाले बगाउँदा सिन्धुपाल्चोकमा एकजनाको मृत्यु

रासस रासस
२०७७ असार २९ गते १८:३२

२९ असार, चौतारा । सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर सोमबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका -९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् ।

खोला तर्ने क्रममा बगेका उनको शव करिब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गत बुधबार रातिको बाढी पहिराले बेपत्ता भएका बाह्रबीसे नगरपालिका-५ जम्बु र भोटेकोशी गाउँपालिका -५ बुलकोटेका २० जनाको भने खोजी जारी छ ।

पानी पर्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?