Comments Add Comment

इन्जुरी टाइममा गोल खाएपछि युनाइटेड बराबरीमा रोकियो, तेस्रो स्थानमा उक्लने मौका गुम्यो

३० असार, काठमाडौं । इन्जुरी टाइमको छैटौं मिनेटमा गोल खाएपछि म्यानचेष्टर युनाइटेड प्रिमियर लिगमा साउथह्याम्पटनसँग २-२ को बराबरीमा रोकिएको छ । बराबरीपछि युनाइटेडले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।

खेलमा साउथह्याम्पटनले पहिले अग्रता लिएको थियो भने युनाइटेडले ३ मिनेट अन्तरमा दुई गोल गर्दै पुनरागमन गरेको थियो । तर अन्तिम समयमा साउथह्याम्पटनले गोल गर्दै युनाइटेडसँग अंक खोसेको हो ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलको १२औं मिनेटमा स्टुअर्ट आर्मस्ट्रोले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । तर उक्त अग्रता लामो समय टिकेन । २०औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेडका लागि बराबरी गोल पर्काए । २३औं मिनेटमा एन्टोनी मार्टिएलले गोल गर्दै यनाइटेडलाई २-१ को अग्रता दिलाए । युनाइटेडले उक्त अग्रतालाई निर्धारित समयमसम्म कायम राखेको थियो । तर इन्जुरी टाइमको छैटौं मिनेटमा साउथह्याम्पटनका माइकल ओबाफेमीले गोल गरेपछि युनाइटेड जितबाट बन्चित भयो ।

बराबरीमा रोकिएपछि युनाइटेडले अंक तालिकामा तेस्रो स्थानमा पुग्ने सुनौलो मौका गुमाएको छ । ३५ खेलबाट लेस्टर सिटी समान ५९ अंक जोडेको युनाइटेड पाँचौ स्थानमै यथावत छ । गोल अन्तरमा लेस्टर अघि छ । यस्तै ६० अंक रहेको चेल्सी तेस्रो स्थानमा छ । अब लिगमा ३ चरणका खेल बाँकी हुँदा शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग होडमा तीन क्लबबीच कडा प्रतिस्पर्धा छ ।

उता ३५ खेलबाट ४५ अंक जोडेको साउथह्याम्पटन १२औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment