Comments Add Comment

रेकी : प्राकृतिक उपचार विधी

यदि तपाईं यस्तो प्राकृतिक तरिका खोजिरहनुभएको छ, जसको मद्दतले तनाव कम गर्न वा शरीरलाई शान्त गर्न सकिन्छ । यसको निम्ति राम्रो विकल्प हो, रेकी ।

रेकी गर्ने विशेषज्ञले आफ्नो हत्केला रोगीको शरीरमा फैलाउँछन्, जसको मद्दतले रोगीको शरीरमा उर्जा संचार हुन्छ । यो एक जापानी पद्धती हो, जो विश्वमै उपयोग गरिन्छ । मिकाओ उसुईले सन् १९२२ मा रेकी पद्धती विकास गरेको पाइन्छ । यो उपचार विधीमा हत्केलाको प्रयोग हुन्छ ।

रेकीको प्रभावकारीताबारे पर्याप्त खोज र अनुसन्धान भने हुन बाँकी नै छ । यसलाई कुनैपनि औषधि–उपचारको विकल्पको रुपमा भने लिन सकिदैन ।  यसले शरीरमा कुन हिसाबले प्रभाव पार्छ भनेर  खास खोज–अनुसन्धान भएको छैन ।

यद्यपि जतिपनि अध्ययन भएको छ, त्यसबाट थाहा भएको छ रेकी एक प्रभावकारी उपचार विधी हो । धेरै व्यक्तिमा यसको राम्रो प्रभाव देखियो । रेकी प्रक्रियालाई पूर्ण रुपमा सुरक्षित मानिन्छ ।

रेकी हिलिङ के हो ?

रेकी शब्द दुई जापानी शब्द मिलेर बनेको छ । ‘रे’को अर्थ हो उच्च शक्ति र ‘कि’को अर्थ जीवनको उर्जा ।

रेकी प्राकृतिक रुपले आध्यात्मिक हुन्छ । तर, यो धर्मसँग सम्बन्धित छैन । यो पद्धती यस विचारमा आधारित छ कि, जीवनको उर्जाले हामी सबैलाई जीवित राख्छ । त्यो केही निश्चित विधीबाट शरीरभित्र प्रवाहित हुन्छ ।

रेकी अन्र्तगत हत्केलाको माध्यामबाट रोगीको शरीरमा उर्जा संचार गर्न सकिन्छ । यस पद्धती अनुसार हत्केलालाई एक विशेष ढंगले राखिन्छ । हुन त अहिले यसमा पनि भिन्न भिन्नै तरिकाको अभ्यास भइरहेको छ ।

कसरी गरिन्छ रेकी

रेकी शान्त माहौलमा गर्नु राम्रो मानिन्छ । यद्यपि जुनसुकै स्थानमा पनि गर्न सकिन्छ । व्यक्तिलाई सुताएर वा बसाएर रेकी गरिन्छ । यसका लागि कपडा खोलिरहनुपर्ने आवश्यक्ता हुँदैन । यदि सेवाग्राहीले चाहेको अवस्थामा मधुरो धुन पनि बजाउन सकिन्छ ।

यस क्रममा रेकी गरिदिने व्यक्तिले आफ्नो हत्केला रोगीको टाउको, निधार आदि स्थानमा राख्छन् र २ देखि ५ मिनेटभित्र आफ्नो हातको आकृति बदल्छन् । रेकीका क्रममा हातलाई रोगीको शरीरमा २० भिन्न भिन्नै स्थानमा राखिन्छ ।

हत्केलाको हल्का स्पर्शले न्यानो एवं तरंग अनुभव हुन्छ । रेकी प्रशिक्षकले एक स्थानमा त्यस बेलासम्म हत्केलाले स्पर्श गरिरहन्छन्, जबसम्म त्यहाँ उर्जा संचार हुन्छ ।

के हुन्छ फाइदा ?

रेकी विशेषज्ञका अनुसार यस प्रक्रियाबाट विशेष उर्जा शरीरभित्र संचार गराउन सकिन्छ । यसले शारीरिक, मानसिक, भावनात्मक एवं आध्यात्मिक रुपमा शान्त र आनन्दित तुल्याउँछ । चिन्ता, तनाव, डिप्रेसन नियन्त्रण गर्न सहयोग गर्छ । यसैगरी हृदय रोग, बाँझोपन, क्रोन रोग आदिमा समेत रेकी लाभदायक हुने बताइन्छ ।

स्रोत : माइउपचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment