+

कांग्रेसको खेलकुद विभागका पदाधिकारी र सदस्यको नाम अनुमोदन

२०७७ असार  ३० गते १९:२० २०७७ असार ३० गते १९:२०
कांग्रेसको खेलकुद विभागका पदाधिकारी र सदस्यको नाम अनुमोदन

३० असार, काठमाडौं ।नेपाली कांग्रेस खेलकुद विभागले मनोनयका लागि सिफारिस गरेको पदाधिकारी र सदस्यहरुको नामवली नेपाली कांग्रेस केन्द्रीय कार्यालयले अनुमोदन गरेको छ ।

विभाग प्रमुख मोहनबहादुर बस्नेतले २ पदाधिकारी र २५ सदस्यको नामवली मनोनयन गर्न अनुमोदनका लागि केन्द्रीय कार्यालयमा पठाएका थिए ।

विभागको उप-प्रमुखमा काठमाडौंका मोहनकुमार राई र सचिवमा ललितपुरका मीनकृष्ण महर्जनलाई सिफारिस गरिएको थियो ।कराते पृष्ठभूमिका दुवै राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष हुन् ।

सदस्यहरुमा बाराका मणिभूषण यादव, सिरहाका उपेन्द्र यादव, काठमाडौंका दीपराज गुरुङ, बाँकेका विजेन्द्र हमाल, मोरङका सोभितराज प्रसाईं, सुनसरीका किशोर राई, धनुषाका लनम चौधरी, दाङका जितबहादुर केसी, झापाका पंकज नेम्वाङ, बर्दियाका कृष्ण वर्मा, डोटीका प्रतिमा शाही र पूर्णसिंह बोहरा, काठमाडौंका उद्धव खड्का, भक्तपुरका उमेश खड्का रहेका छन् ।

त्यस्तै नुवाकोटका राजु कँडेल, स्याङ्जाका देवकुमार मानन्धर, कञ्चनपुरका भानु चन्द, कैलालीका कुवेरप्रकाश सिंह, दोलखाका सिंहबहादुर तामाङ, सिन्धुपाल्चोकका टपेन्द्र धर्नाल, हुम्लाका बखतबहादुर शाही, इलामका डम्बर खड्का, रुकुमका शिव आचार्य, पाँचथरका महेन्द्र राई र कैलालीका प्रकाश विष्टलाई पनि सदस्यमा  मनोनयनका लागि सिफारिस गरिएको थियो ।

खेलकुद नेपाली कांग्रेस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय