Comments Add Comment

विप्लव समूहका बोहरामाथि १० स्थानमा विष्फोट र बम राखेको अभियोग

३१ असार, विराटनगर । मंगलबार मोरङको उर्लाबारीबाट पक्राउ गरेको विप्लव समूहका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई प्रहरीले विभिन्न स्थानमा विष्फोट र बम राखेको आरोपमा अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले बोहरालाई एउटा कटुवा पेस्तोल, तीन राउण्ड गोली, डेटोनेटर र सकेट बम, नेपाल टेलिकमको सातवटा सीम, एनसेलका दुई वटा सीमकार्डलगायत सामाग्रीसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका बोहराले १० स्थानमा आपराधिक गतिविधि गरेको दाबी प्रहरीको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार बोहरा बम बिष्फोट, बम राख्ने र हातहतियार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।

बोहरा माथि मोरङको पथरी शनिश्चरे, सुन्दरहैचा नगरपालिकामा बम राखेको आरोप छ । मोरङ पथरी शनिश्चरे नगरपालिका–१ स्थित पूर्व पश्चिम लोकमार्गको १२ चैत २०७४ मा भेटिएको सकेट बम भेटिएको थियो । १३ जेठ २०७६ मा सुन्दरहरैचा नगरपालिका वडा नं ७ ठडिया स्थित पूर्व पश्चीम राजमार्गमा कुकर बम भेटिएको थियो ।

प्रहरीले मोरङको मिक्लाजुङ, केराबारी, इटहरी, धरान, विर्तामोडका विभिन्न स्थानमा बम विष्फोट गराएको आरोप लगाएको छ । गत १० माघमा मोरङ मिक्लाजुङ गाउँपालिका १ साकेलाथानमा ३ वटा स्काभेटरमा बम बिस्फोट र आगजनी भएको थियो ।

१० माघमा मोरङ केरावारी गाउँपालिका १० स्थित गाउँपालिकाको कार्यालयमा र १२ माघमा केराबारी–२ स्थित एनसेल टावरमा बम बम विष्फोट भएको थियो ।

२३ भदौंमा झापा बिर्तामोड २ चारपानेमा रहेको साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्माणधिन भवनमा पनि विष्फोट भएको थियो ।

२० भदौमा सुनसरी इटहरी ९ मा रहको सुष्मा गोदावरी स्कुलको कम्पाउण्डमा र सोही दिन धरान– १९ स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कम्पाउण्ड भित्र रहेको दिल्ली पब्लिक स्कूलको गेटमा बम बिष्फोट भएको थियो ।

उनीमाथि संखुवासभा र भोजपुर जिल्लामा हातहतियार सम्बन्धी विभिन्न घटनामा संलग्न भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment