Comments Add Comment

निकासी-पैठारी गर्ने कम्पनीले लिने एक्जिम कोड नवीकरणको म्याद थपियो

३१ असार, काठमाडौं । निकासी तथा पैठारी गर्ने कम्पनी तथा र्फमहरुले अहिले निकासी पैठारी संकते नम्बर नलिएसम्म यस्तो व्यवसाय गर्न पाउँदैनन् । हरेक आर्थिक वर्षको अगाडि नै एक्जिम कोड नविकरण गर्नुपर्ने प्रावधान रहेको छ ।

तर, अर्थ मन्त्रालयले कोरोना भाइरसका कारण उत्पन्न कठीन परिस्थिति भन्दै एक्जिम कोड नवीकरण गर्ने अवधि थप गरेको छ  ।

मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७७/७८ का कारोबार गर्ने र्फमहरुले अब असोज मसान्तसम्म एक्जिम कोड नवीकरण गरिसक्नुपर्ने भएको छ ।

अर्कोतर्फ कुनै र्फमको १० चैत २०७६ अगाडी नै अवधि सकिएर नवीकरण गर्न नसकेको अवस्था भएमा समेत आगामी असोजसम्म नवीकरण गर्न सकिने गरी समय तोकिएको छ ।

सरकारले कोरोना भाइरसको रोकथामका लागि ११ चैतबाट लकडाउन थालेको थियो । त्यसबीचमा भन्सारको काम नरोकिएपनि प्रशासनिक काम भने प्रभावित भएको थियो । सरकारले चालु आर्थिक वर्षबाटै एक्जिम कोर्ड कार्यान्वयनमा ल्याएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment