Comments Add Comment

‘खलनायक २’ छायांकनको तयारीमा रोज

निर्माता रोज राणाले चलचित्र ‘खलनायक २’को छायांकनको तयारी थालेका छन् । उनले, भदौबाट चलचित्रको छायांकन सुरु गर्ने बताए ।

रोजले भने–‘हामीले संझौता गरेका कलाकार र प्राविधिकहरुले काम छाड्छौ भन्न थालिसकेका छन् । अब, काम सुरु गर्नुपर्छ । भदौसम्ममा सरकारले पनि मापदण्ड बनाएर छायांकनको अनुमति दिन्छ भन्ने विश्वास छ ।’

‘खलनायक २’को खलपात्रमा निर्माता रोज राणाले आफै अभिनय गर्दैछन् । चलचित्रका लागि एक नयाँ र एक पुराना नायक लिने उनले बताए । कलाकार लगभग पक्का भएको भन्दै रोजले केही दिनमै सार्वजनिक गर्ने सुनाए ।

‘खलनायक २’को निर्देशन निर्देशक गोविन्द सिंह भण्डारीले गर्दैछन् । चलचित्रको सम्पूर्ण तयारी सकेर बसेपनि काम सुरु नगर्न नसकिएको रोजले बताए ।

रोजका अनुसार ‘खलनायक’मा नायक राजेश हमालले निर्वाह गरेको भूमिकाका लागि भने कलाकार तय गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment