+
+
Shares

लोकसेवाले लिने सहसचिव पदको अन्तर्वार्ता अन्तिम समयमा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३१ गते १६:४८

३१ असार, काठमाडौं । लोक सेवा आयोगले अन्तिम समयमा सहसचिव सरहको सूचना प्रविधि विज्ञ पदको अन्तरवार्ता स्थगित गरेको छ ।

सो पदको अन्तरवार्ता बुधबार दिउँसो दुई बजे तय भएको थियो । त्यसको केही घण्टा अगाडि मात्रै आयोगले अनिश्चितकालका लागि अन्तरवार्ता स्थगित गरेको सूचना जारी गरेको छ ।

लोक सेवा आयोगका उपसचिव देवी प्रसाद सुवेदीले जारी गरेको सूचनामा ‘विशेष कारणबस’ अन्तरवार्ता स्थगित गरेको उल्लेख छ । तर ‘विशेष कारण’ खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?