+
+
Shares

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते ९:३९

१ साउन, सुर्खेत । कर्णाली प्रदेशमा आज (बिहीवार) सार्वजनिक बिदा दिइएको छ । साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका १० वटै जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

गत जेठ १२ गते बसेको प्रदेश मन्त्रिपरिषद बैठकले साउन १ गतेसहित सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सरकारले असार १५ गते धान दिवसका दिन र चैत १२ (जुम्लामा मात्र), साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा साउन एक, प्रदेश स्थापना तथा सहिद दिवस भदौ चार, चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला (जुम्लामा मात्र), माघे संक्रान्ति माघ एक, चैते दशैं चैत शुक्ल अष्टमी, फोत्तोलो ल्होसारका अवसरमा तिथिअनुसार बिदा दिने निर्णय गरेको थियोे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?