Comments Add Comment

‘बूमदेखि भारत’सम्म, बलिउडमा कट्रिनाको सफल यात्रा

बलिउड नायिका कट्रिना कैफले आज आफ्नो ३७ औं जन्मदिन मनाइरहेकी छिन् । सामाजिक संजालमा उनलाई जन्मदिनको शुभकामना प्राप्त भैरहेको छ । कोभिडका कारण उनले आफ्नो जन्मदिन बलिउडकर्मीसँग भने सेलिव्रेशन गर्ने छैनन् ।

बलिउडमा नायिका कट्रिना कैफको यात्रा सुखद मानिन्छ । साहरुख खान, सलमान खान, आमिर खान जस्ता कलाकारसँग काम गरिसकेकी यी सुन्दरीलाई दर्शकले निकै रुचाएका पनि छन् ।

कट्रिनाले अभिनय गरेको चलचित्र ‘भारत’ गतबर्ष रिलिज भएको थियो । बक्स अफिसमा राम्रो कमाई गरेको यो चलचित्रमा कट्रिना नायक सलमान खानको जोडीको रुपमा देखिएकी छिन् । कट्रिना अभिनित ‘टाइगर जिन्दा हे, एक था टाइगर, बैंग बैंग, धुम ३, जब तक हे जान, जिन्दगी ना मिलेगी दोबरा’ जस्ता चलचित्र हिट मानिन्छन् ।

कट्रिनाको करिअरमा लभ लाइफ पनि खुबै चर्चामा रह्यो । बलिउडमा प्रवेश गरेपछि उनको नाम नायक सलमान खानसँग जोडियो । केही बर्ष प्रेममा रहेपछि सलमान र कट्रिना अलग भए । यसपछि, कट्रिना नायक रणवीर कपुरसँग नजिक भइन् । यी दुइको प्रेम पनि केही बर्ष चल्यो । तर, एक अर्कासँग मिल्न नसकेपछि यी दुई अलग भए ।

अहिले, नायिका कैफको नाम बलिउड नायक विक्की कौशलसँग जोडिएको छ । तर, यी दुबैले प्रेम स्विकार भने गरेका छैनन् । नायक अमिताभ बच्चनसँग चलचित्र ‘बूम’मा काम गरेर बलिउडमा प्रवेश गरेकी यी सुन्दरी अहिले करिअर पुरानै लयमा फर्काउने धुनमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment