Comments Add Comment

रिलायन्सले स्वदेशी फाइभजी प्रविधि भित्र्याउँदै

१ साउन, काठमाडौं । भारतको रिलायन्स इन्डस्ट्रिज लिमिटेडले भारतमा स्वदेशी फाइभजी प्रविधि ल्याउने घोषणा गरेको छ । कम्पनीको ४३ औं वार्षिक बैठकमा बोल्दै कम्पनीका अध्यक्ष मुकेश अम्बानीले केही महत्वपूर्ण घोषणा गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार रिलायन्स जियोले आफ्नै फाइभजी प्रविधि तयार पारेको छ । यो प्रविधि अन्य कम्पनीहरुलाई पनि दिने विषयमा अहिले कम्पनीले विचार गरिरहेको बताइएको छ । रिलायन्स कम्पनीका अनुसार उनीहरुको टेलिकम एकाइले शतप्रतिशत स्वदेशी प्रविधिको सहयोगमा यो फाइभजी प्रविधिको विकास गरेको हो । यसले भारतमा तीव्र गतिको इन्टरनेट सेवाको सपना पूरा गर्ने बताइएको छ ।

चीनसँग पछिल्लो समय चलिरहेको विवादको कारण अहिले भारतमा चिनियाँ कम्पनीहरु हुवावे र जेटीईजस्ता कम्पनीमाथि प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको समयमा रिलायन्सले यस किसिमको घोषणा गरेको हो । यसले विदेशी कम्पनीमा भारतीय निर्भरता कम हुने विश्लेषकहरुले बताएका छन् । विदेशी कम्पनीबाट प्रविधि खरिद गर्दा भारतलाई अहिले खर्चभार पनि बढी पर्दै आएको छ ।

मुकेश अम्बानीका अनुसार जियोले फाइभजी सोलुसन तयार पारिसकेको छ । स्पेक्ट्रम उपलब्ध भएसँगै भारतमा नै बनेको फाइभजीको परीक्षण सुरु हुनेछ । भारतलाई आत्मनिर्भर बनाउने दिशामा यो महत्वपूर्ण कदम रहेको विश्लेषकहरुले बताएका छन् । आगामी दिनमा भारतले फाइभजी सोलुसन निर्यात पनि गर्ने बताइएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment